दक्षिण कोरियाले पनि गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

लोकपथ
28
Shares

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।

कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासूस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको हो ।

उत्तर कोरियाले गत हप्ता आफ्नै जासूसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो । यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ ।

उपग्रह स्थानिय समयअनुसार बिहान १० ः १९ मा प्रक्षेपण भएको लगभग चार मिनेट पछि कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । यसले सामान्य रुपमा काम गरिरहेको बताइएको हो ।

उच्च रिजोल्युसन इमेजरीका लागि दक्षिण कोरियाले अमेरिकी व्यावसायिक र सैन्य सम्पत्तिहरूमा भर परेको हुनाले उत्तर कोरियाको जानकारी संकलन गर्न स्वतन्त्र सैन्य स्याटेलाइट नेटवर्क स्थापना गर्न दबाब दिइरहेको छ ।

एक इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड उपग्रहको साथ सुरु गर्दै  दक्षिण कोरियाले उत्तर कोरियालाई राम्रोसँग निगरानी गर्न सन् २०२५ सम्ममा थप चारवटा उपग्रहहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।

यी उपग्रहहरूले पृथ्वीको सतहमा मौसमको प्रर्वाह नगरी डाटा संकलन गर्ने बताइएको छ ।

यो योजनाले दुई कोरियाबीच अन्तरिक्ष हतियारको दौडलाई चर्काउने कतिपयले विश्लेषण गरेका छन् । किनभने उत्तर कोरियाले नोभेम्बर २१ मा आफ्नो पहिलो जासुसी उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो र उसले यस वर्षको सुरुमा दुई असफल प्रयासहरू पछि छोटो अवधिमा थप प्रक्षेपण गर्ने वाचा समेत गरेको थयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?