आइतवार थामियो शेयर बजार

काठमाडौं । शेयर बजार बढ्ने क्रम आइतवार थामिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलब ९१ विन्दुले घटेर एक हजार १४३ दशमलब ५९ विन्दुमा झरेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ० दशमलब १२ विन्दुले घटेर २४३ दशमलब ३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १ सय ६५ कम्पनीको नौ लाख ५० हजार ६ सय ४३ कित्ता शेयर २६ करोड ६६ लाख छ हजार ८ सय १० मूल्यमा कारोवार भयो । 

कारोवार भएका दश उपसमूहमध्ये आइतवार तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ ० दशमलब २२, उत्पादन ३२ दशमलब ७ र अन्य २ दशमलब ८९ विन्दुले बढेको छ । 

त्यस्तै होटल २ दशमलब ७१, विकास बैंक १ दशमलब ३२, जलविद्युत् २ दशमलब ५८, वित्त १ दशमलब ५८, निर्जीवन बीमा ४४ दशमलब ६५, लघुवित्त ५ दशमलब २४ र जीवन बीमा ५२ दशमलब ९३ विन्दुले घटेको छ । 

स्टकका अनुसार बैंक अफ काठमाडौँको  दुई करोड १२ लाख ४३ हजार ५ यि ८० बराबरको कारोवार भयो । प्रभु बैंकको एक करोड ५४ लाख ३७ हजार २ सय ६७, शिवम् सिमेन्टको एक करोड छ लाख चार हजार ५ सय ४१, नागरिक लगानी कोषको ९८ लाख एक हजार २ सय ८७, एनआइसी एशियाको ९७ लाख ६४ हजार ३ सय ६५ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रहे । 

अरुण कावेली पावरका लगानीकर्ताले ४ दशमलब ५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४ दशमलब ३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३ दशमलब १३, सिनर्जी पावरका शेयरधनीले २ दशमलब ९७ प्रतिशतले कमाए ।

स्टकका अनुसार यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलब ४९, राधी विद्युत् कम्पनी ५ दशमलब ६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३ दशमलब ६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३ दशमलब १२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलब ०३ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?