आजको मौसम : आंशिक बदलीदेखि वर्षाको सम्भावना

लोकपथ
168
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती,सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आशिंक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

आइतबार राती गण्डकी, लुम्बिनी र कर्णाली लगायत बागमती,सुदूर–पश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

देशभर चिसो बढेसँगै तापक्रम गिरावट भएको छ । चिसोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?