सबैको र आँधीखोला  वित्तीय संस्थाले ‘आइपिओ’ निष्काशन गर्ने

काठमाडौं । सबैको लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाले ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । 

सबै लघुवित्त वित्तीयले सर्वसाधरणको लागि  ५ करोड ३० लाख रुपैयाँको ५ लाख ३० हजार कित्ता तथा आँधीखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । 

तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीयले दोस्रो वार्षिक साधारण सभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै, आँधीखोला लघुवित्त वित्तीय संस्थाले जारी गर्ने लागेको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन प्रकृया थालेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?