दक्षिणी गाजा पट्टीमा इजरायली आक्रमण विस्तार हुँदा १५ हजार भन्दा बढीको मृत्यु

लोकपथ
21
Shares

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणमा परि सोमबार साँझसम्म मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ ।

इजरायलको आक्रमणमा परि अहिलेसम्म १५ हजार आठ सय ९९ जनाको मृत्यु भएको भए गाजाको स्वास्थ्य मन्त्रालय चलाइरहेको हमासले पुष्टि गरेको हो ।

गाजा पट्टीमा सोमबार भएको भूमिगत लडाइ र हवाई बमबारीसँगै मृत्यु हुनेको संख्या १५ हजार आठ सय ९९ जना पुगेको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले बताए ।

आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?