नबिल बैंकले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नबिल बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले दीर्घकालीन लगानी स्रोत जुटाउन दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । सात वर्षको अवधि रहेको उक्त ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ।

सोमवार उक्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका थिए । 

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ।

निष्काशित ऋणपत्रमध्ये ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई बिक्री गर्नेछ। त्यस्तै बाँकी एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?