काठमाडौं । मेक्सिकोसिटीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहीबार दिउँसो २ बजेर ३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तिव्रता ५.८ रेक्टर स्केल मापन गरिएको थियो ।
भूकम्पले मेक्सिको सिटीका भवनहरु नराम्रोसँग हल्लिएका थिए । भूकम्प पश्चात स्थानियहरु खुला सडकमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र पुएब्ला राज्यको मेक्सिको सिटीबाट करिब २०० किलोमिटर दक्षिणमा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया