काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन जोडेको थियो । त्यसपछि जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाउदै १५३ रन जोड्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया