गाजा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो

लोकपथ
28
Shares
A general view shows a United Nations Security Council meeting on Gaza, at UN headquarters in New York City on December 8, 2023. UN Secretary-General Antonio Guterres said on December 8, 2023, that Hamas brutality could never justify “collective punishment” of Palestinians as Israel presses its campaign against Hamas in the Gaza strip. “Some 130 hostages are still held captive. I call for their immediate and unconditional release, as well as their humane treatment and visits from the International Committee of the Red Cross until they are freed,” Guterres said at an emergency meeting of the organization’s Security Council. “At the same time, the brutality perpetrated by Hamas can never justify the collective punishment of the Palestinian people.” (Photo by Yuki IWAMURA / AFP) (Photo by YUKI IWAMURA/AFP via Getty Images)

काठमाडौं । गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ।

सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए । अमेरिकाले भने भिटो प्रयोग गरेको थियो । बेलायत भने मतदानमा सहभागि नै भएन ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन धारा ९९ प्रयोग गरेपछि मतदान भएको हो ।

इजरायल र गाजाबीचको युद्ध जारी छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परि १७ हजार ४ सय ८० भन्दा बढी मानिस मारिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?