युभेन्टस शीर्ष स्थानमा उक्लियो

लोकपथ
35
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्टसले नापोलीलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

यभुेन्टसको जितमा ५१ औं मिनेटमा फेडरिको गाटीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले एन्ड्रिया काम्बिसोको पासमा गोल गरेका थिए ।

जितपछि युभेन्टस १५ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा रहँदा १ खेल कम खेलेको इन्टर मिलान ३५ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

यसैगरी युभेन्टससँग पराजित भएको नापोली १५ खेलबाट २४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

सिरी ए अन्तर्गत आज ३ वटा खेल हुने छन् । नेपाली समय अनुसार राति पौने ८ बजे भेरोना र लाजियो आमने  सामने हुने छन् ।

यसैगरी राति पौने ११ बजे एटलान्टा र एसी मिलान भिड्दा साढे १ बजे इन्टर मिलान र उडिनेसले प्रतिस्पर्धा गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?