काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अफगानिस्तानको चौथो विकेट पतन भएको छ । नेपालका बलर दिपेश कँडेलले अफगानिस्तानको चौथो विकेट लिएका हुन् ।
दिपेशले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई आउट गराएका हुन् । रहिमुल्लाहले ३५ रन जोडेर आउट भएका हुन् ।
अफगानिस्तानले २८औँ ओभरको समाप्तीमा एक सय १४ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया