काठमाडौं । काठमाडौं महानगरको मैत्रीपूर्ण फुटबल खेलमा बालेन शाहको टिम पराजित भएको छ ।
२९औँ महानगर दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । उक्त खेलमा बालेन साह नेतृत्वको जनप्रतिनिधिको टीम पराजित भएको हो ।
महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिको आयोजनामा भएको खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए । यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरे ।
जनप्रतिनिधि र कर्मचारी बिचको यस प्रकारको खेलले आन्तरिक समन्वयलाई बिम्बित गर्ने मुल समारोह समितिकी संयोजक सुनिता डंगोलले प्रतिक्रिया दिइन् ।
महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया