यू–१९ एसिया कप : नेपालद्वारा भारतसामु ५३ रनको झिनो लक्ष्य प्रस्तुत

लोकपथ
35
Shares

काठमाडौं । दुबईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालद्वारा भारतसामु ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको प्रर्दशन सुरुआतबाटै खराव रह्यो ।

नेपाल २२ ओभर १ बलमा सबै विकेट गुमाएर ५२ रनमै समेटियो ।

नेपाललाई अलआउट गर्न भारका लागि राज लिम्बानिले ७ विकेटको उत्कृष्ट प्रर्दशन गरे । यस्तै,आराध्य शुक्लाले दुई तथा अस्विन कुलकर्नीले एक विकेट लिए ।

खराब सुरुआत गरेको नेपालका लागि हेमन्त धामिले सर्वाधिक ८ रन, दिपक बोहरा र अर्जुन कुमालले समान ७ रन बनाए ।

नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?