गरिमा विकास बैंकले घटायो ब्याजदर

लोकपथ
2.4k
Shares

काठमाडौं । गरिमा विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज (मंसिर २७) गतेबाट लागू हुनेगरी ब्याजदर घटाएको हो ।

नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म रहेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

त्यस्तै, रेमिट्यान्स खातामा भने बैंकले ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशत ब्याजदर रहेको थियो ।

कुन खातामा कति ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?