पुनःनिर्माणमा सात अर्बभन्दा बढी खर्च

हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार भत्किएको निजी भवन र सामुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा सात अर्ब ४३ करोड खर्च भएको जनाएको छ । 

भूकम्पबाट भत्किएका निजी आवास पुनःनिर्माणतर्फ पाँच अर्ब पाँच करोड १३ लाख र सामुदायिक विद्यालय भवन निर्माणतर्फ  दुई अर्ब ३८ करोड खर्च भएको पुनःनिर्माण प्राधिकरण मकवानपुरका प्रमुख सोमराज तिम्सिनाले जानकारी दिए । 

मकवानपुरमा पूर्ण रुपमा घर क्षति भएको ३३ हजार ९ सय ७४ लाभग्राही रहेका छन् । तीमध्ये ११ हजार घरपरिवारले  सरकारबाट रकम लिएर पुनःनिर्माण गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?