२६ प्रतिशतले बढ्यो रेमिट्यान्स: चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रुपैंयाँ

लोकपथ
0
Shares

काठमाडौं । मुलुकले वैदेशिक रोजगारीबाट प्र्राप्त गर्नै आय अर्थात रेमिट्यान्स रकम बढेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको प्रतिवेदन अनुसार रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ करोड पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार चार सय ४१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौं प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?