काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई समृद्धि फाइनान्सबाट सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैकिङ्ग कारोबारमा सहजिकरण गर्न समृद्धि फाइनान्स कम्पनी लिमिटेड र स्किल्ड आम्र्स फर ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ्ग एण्ड क्लिनिङ्ग सर्भिसेसका व्यवस्थापक श्री गंगा प्रसाद ढकाल बिच समृद्धि फाइनान्स काठमाडौंमा समद्मदारी भएको छ ।
उक्त समझदारी अन्तर्गत कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले समृद्धि फाइनान्स मार्फत आफ्नो परिवारको खाता वा सिधै आफ्नै खातामा रेमिट्यान्स पठाई अनेक बैकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।
वैदेशिक रोजगारीमा रहेका वा जान लागेका नेपालीहरुले समृद्धि फाइनान्समा वैदेशिक रोजगारी खाता खोली नियमित रेमिट्यान्स पठाउन सक्ने छन् र यसरी नियमित रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकता अनुसार जुनसकै कर्जा सहज रुपमा सहुलियत दरमा बिना झन्झट लिन सक्ने छन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया