एनएसएल : आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एलएसएल) फुटबल प्रतियोगिता अन्तर्गत मा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ ।यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।धनगढीको जितमा आफिज ओलावालेले निर्णायक गोल गरे । उनले खेलको सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो ।

जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अंक जोडेको छ ।यो हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?