काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्र्माट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति सात दिनमा ५० जना) प्रयोगकर्ताहरुले एनआईएमबी स्मार्ट रजिस्ट्रेशन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् । साथमा अफर अवधिभर चार जना (प्रति १५ दिनमा एक जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान स्मार्ट फोन जित्न सक्ने कुरा बैंकले जनाएको छ ।
नगदरहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा संचालन गरिएको यो अफर यहि पौष १ गते देखि माघ २९ गते सम्म संचालनमा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया