देशभरमा ११ हजार पाँच सय भन्दा बढी बैंकहरुको कुल शाखा

लोकपथ
35
Shares

काठमाडौं । देशभर बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा ११ हजार पाँच सय नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको यही कात्र्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक, १७ वटा फाईनान्स कम्पनी र ५७ वटा लघुवित्त वित्तीय संस्था सहितका कुल एक सय ११ वटा संस्थाको देशभरभर ११ हजार पाँच सय ५५ वटा शाखाहरु सञ्चालनमा रहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा भने बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार पाँच सय ८९ वटा रहेको थियो ।

पछिल्लो समय धेरै वटा बैंक तथा फाईनान्स कम्पनीहरु मर्जर तथा प्राप्तीमा सामेल भई एकीकृत कारोबार गरेको र सो क्रममा मर्जर तथा प्राप्तीमा सामेल भएका संस्थाहरुको एकै स्थानमा रहेका शाखाहरु समेत मिलान गर्दा शाखा संख्या केही घटेको देखिएको हो ।

सो अनुसार पछिल्लो अवधिमा बाणिज्य बैंकहरुको मात्र कुल शाखा संख्या पाँच हजार आठ वटा रहेको छ भने बिकास बैकहरुको एक हजार एक सय ३३ वटा शाखाहरु सञ्चालनमा रहेको देखिएको छ ।

यसैगरी फाईनान्स कम्पनीह्रुको दुई सय ८८ वटा र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय २५ वटा सहितको चालु आवको यही कात्र्तिक मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार पाँच सय ५५ वटा पुगेको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?