पब्जी खेल्न नदिएपछि युवकले गरे आत्महत्या

एजेन्सी । पब्जी खेल्न नपाएपछि १६ वर्षिय युवकले आत्महत्या गरेका छन् ।

यो घटना भारतको हो । आमाले पब्जी नखेल भनेपछि सो युवकले  आत्महत्या गरेको जनाइएको छ । 

भारतको दक्षिण क्षेत्रमा पब्जीको लत लागेका ति किशोरलाई आमाले गालि गरेकी थिइन ।  किशोरको आत्महत्या सँगै पब्जी खेललाई प्रतिबन्ध लगाउने बारे राष्ट्रिय बहस चलेको  हिन्दुस्तान टाईमसमा उल्लेख छ ।    

किशोरका बाबुले पब्जी गेममा प्रतिबन्ध लगाउन माग गरेका हुन् । भारतिय संचार माध्यमले जनाए अनुसार मृतक किशोरले अङग्रेजीको परीक्षको तयारी गर्न छोडेर पब्जी खेलेर बसेका थिए र आमाले पढ भनेर गालि गर्दा उनले हैदराबादको आफ्नै घरमा रहेको सिलिङ फ्यानमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

पब्जी दक्षिण कोरीयाको कम्पनिले विकसित गरेको अनलाइन खेल हो, यो खेल सन् २०१७मा शुरु भएको थियो । गएको डिसेम्बरमा यसलाई २ सय मिलिएनले डाउनलोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?