आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

लोकपथ
182
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो ।

आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ ।

आर्सनलको तालिकामा १७ खेलबाट ३९ अंक भएको छ भने लिभरपुलको ३८ अंक भएको छ । यसैगरी तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि ३८ अंक भएको छ । समान खेलबाट म्याचनेस्टर सिटी ३४ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

आइतबार रातिको खेलमा आर्सनललाई २–०ले जिताउँदा ग्याब्रिएल जेससले ५३ औँ मिनेटमा गोल गर्दा केइ हार्भाटेजले ८७ औँैं मिनेटमा गोल गरेका थिए ।

यस्तै, एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २–१ गोलको जित निकालेको छ । एस्टनका लागि एलेक्जेन्ड लोपेरा र ओले वाटिकन्सले एक एक गोल गर्दा व्रेन्टफोर्डका लागि कन लेविस पोटरे सुरुमै गरेको गोल भने खेल सकिँदा सान्त्वनामा परिणत भयो ।

एस्टन ३८ अंकका साथ तेस्रो स्थानमा रहकेो छ । एस्टनका वेन मी ७१ औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा एस्टनका बुबाकर कमारा पनि रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बने ।

यस्तै, लिभर पुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले । दुवै टिमले अंक बाँड्दा लिभरपुलले शीर्ष स्थानमै फर्कने अवसर गुमाएको छ । लिभपुरल दोस्रो स्थानमा छ भने म्यानचेस्टर युुनाइटेड सातौं स्थानमा छ ।

यसैगरी अर्को खेलमा वेस्टह्यामले वुल्भरह्याम्पटनमाथि ३–० को एकतर्फी जित निकालेको छ । वेस्टह्याम आठौं स्थानमा उक्लिएको छ भने वुल्भ्स १३ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?