काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्ता चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँग ठेक्का सम्झौता तोडेको छ ।
प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले आयोजना निर्माण चरम लापरवाही र ढिलाई गरेको भन्दै निर्माणकर्ता कम्पनीसँग ठेक्का तोडेको हो ।
प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । जो रसुवा र नुवाकोटमा निर्माणाधीन छ ।
उक्त आयोजनाको हालसम्म ६६ प्रतिशत काम सकिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया