काठमाडौं । पाकिस्तानमा आसन्न आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरानले चुनाव लड्ने घोषणा गरेको हो ।
उनी अहिले इस्लामावादको तल्लो अदालतको अगस्ट ५ को फैसला अनुसार तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेलमा छन् ।
इमरान सरकारमा कार्यवाहक कानून र न्याय मन्त्री रहेका ब्यारिस्टर अली जफरले अदियालाले इमरान खानले पाकिस्तानको कम्तीमा तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताए ।
अहिले जेलमै रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन् । डन अखबारका अनुसार, इस्लामाबाद उच्च अदालतले तोशाखाना मामिलामा दोषीलाई चुनौती दिने खानको अपिलमा आफ्नो फैसला केही दिनमै दिए भएकाले त्यसपछि मात्रै इमरान खानको राजनीतिक भविष्यबारे अड्कलवाजी सुरुहुने छ ।
अदालतबाट सफाई पाएमा उनले चुनाव लड्न पाउँछन् । अन्यथा उनी उम्मेदवार बन्न पाउने छैनन् । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन तोकिएको छ । पाकिस्तानमा बुधबारदेखि उम्मेदवारीको मनोनयन सुरु भएको छ ।
यो प्रक्रिया २२ तारिखसम्म रहने छ । इमरानको पार्टीले जेलमा रहेका नेता तथा कार्यकर्तालाई अधिकतम उम्मेदवार बनाउने संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया