काठमाडौं । इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।
प्यालेस्टिनीहरूले गाजा पट्टीमा आफ्नो रोजगारी दुई तिहाइले घटेको देखेका आईएलओ र प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्यूरो (पीसीबीएस) जानकारी गराएको हो ।
गाजाको रोजगारी बजारमा भएको विनाशकारी हानिले द्वन्द्वअघि नै नाकाबन्दीमा परेको इलाकामा विद्यमान डरलाग्दो अवस्थालाई बढाउने विज्ञहरुले बताएका छन् ।
गाजाका प्यालेस्टाइनीहरूले लामो समयदेखि गरिबी, जोखिम र विश्वको सबैभन्दा उच्च बेरोजगारी दरको निरन्तर उच्च दरको सामना गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया