माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त

लोकपथ
28
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे दुई दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरकोरुपमा चिनिन्छन ।

पहिलो कार्यकालमा माछापुच्छ्रे बैंक लि. वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?