मेक्सवर्थ फाउन्डेशनबाट स्थानीयहरु लाभान्वित

लोकपथ
14
Shares

काठमाडौं । लंडनस्थित कल्याणकारी संस्था मेक्सवर्थ फाउन्डेशनले नेपाल, युक्रेन लगायतका मुलुकमा संचालित परियोजनाबाट स्थानीय समुदाय लाभान्वित भएको जनाएको छ ।

उक्त फाउन्डेशनका अनुसार अन्तराष्ट्रिय कल्याणकारी संस्था बी१ जी१ संग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा उसका संचालन गरेका ७५ ओटा परियोजना योजनाबाट हजारौं मानिसहरु लाभान्वित भएका छन् ।

लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले इकोलोजाइसंग समन्वय गरी विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६,२४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको बताए ।
उनले आफ्नो संस्थाले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना बनाएको पनि जनाए।

‘हालै रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सी पुगेर फर्केका शाहले त्यहाँ स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको बताए। “मानवताको कुनै सीमा हुँदैन । युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं,’ उनले भने।

‘अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भएका छन्। हामीले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,’ शाहले भने।

मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो। त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो ।

मेक्सवर्थ एकाउनटेन्टसले आफ्नो वार्षिक आम्दानीको ३ प्रतिशत मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गर्ने पनि जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?