साम्बा र अनिताले भारतिय महिला लिग खेल्ने

काठमाडौं । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको हिरो इन्डियन महिला लिग फुटबल खेल्ने भएका छन् । 

नेपाली राष्ट्रिय टिमकी भरपर्दा स्ट्राइकर साम्बा र मिडफिल्डर बस्नेतले पहिलो पटक भारतीय लिग खेल्न लागेका हुन् । पछिल्लो समय राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेक यी दुवै खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने भएका हुन् ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काका अनुसार साम्बा र अनिताले भारतिय महिला लिग खेल्ने पक्का भएको जानकारी दिए । 

‘सावित्रालाई भारतीय क्लब गोगुलमले प्रस्ताव गरेको छ, त्यस्तै अर्को क्लब सेतुले अनिता र सावित्रा दुवै खेलाडीलाई अनुबन्धन गर्ने प्रस्ताव गरेको छ’, उनले बताए । 

साथै प्रशिक्षक खड्काले अन्य खेलाडीहरुको बारेमा पनि कुराकानी भइरहेको बताए । नेपाली टिमले अहिले म्यानमारमा जारी ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको खेल खेलिरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?