काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मेक्सिन क्लब अमेरिकासँग मैत्री पूर्ण खेलमा पराजित भएको छ ।आज विहान भएको खेलमा बार्सिलोना क्लब अमेरिकासँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोनाले दुई पटक अग्रता बनाउँदा पनि जोगाउन असफल रह्यो ।बार्सिलोनाका स्ट्राइकर लामिने यमालले गोल गर्दै छैटौं मिनेटमा अग्रता दिलाएका थिए ।
तर, १२औँ मिनेटमा क्लब अमेरिकाका जुलियन क्युनोसले बराबरी गेल गरेका थिए । २८औँ मिनेटमा बार्सिलोनाले फेरि अग्रता लियो । यस पटक मार्क गिउले गोल गरेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा जोगाउन असफल भयो ।
५० औँ मिनेटमा क्लब अमेरिकाका जुलियन क्युनोसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८२ औँ मिनेटमा हेनरी मार्टिनले गोल गरेपछि क्लब अमेरिका ३–२ ले अघि बढ्यो । त्यसपछि थप गोल नभएपछि मैत्रीपूर्ण फुटबलमा बार्सिलोना क्लब अमेरिकासँग पराजित भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया