गरिमा विकास बैंकद्धारा १० प्रतिशत लाभांश घोषणा

लोकपथ
483
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस चार गते बुधबार बसेको २९७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको नौं दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयर धनीहरुलाई वितरण गरिने बैंकको भनाई छ ।

बैंकको चुक्ता पुँजी हाल पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ १४ पैसा मात्र रहेकोमा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात चुक्ता पुँजी पाँच अर्ब ६८ करोड ५ लाख १७ हजार तीन सय २७ रुपैयाँ ५७ पैसा पुग्नेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल देशभर एक सय २३ वटा शाखा कार्यालय र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?