काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलहरु भोली ‘बुधवार’देखि शुरु हुँदैछ ।
बुधवारदेखि तीन वटा खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा सहभागी गराइएको ३५ खेल मध्ये तीन खेल मात्र बुधवारबाट शुरु हुन लागेको हो ।
बुधवारबाट शुरु हुने खेलमा पुरुष हक्की, स्क्वास र प्याराग्लाइडिङ रहेको छ । हक्की खेल बाँकेको मंगलप्रसाद उच्च माबिमा हुनेछ । स्क्वास ललितपुरमा तथा प्याराग्लाइडिङ कास्कीमा हुनेछ । यो पटकको आठौँ खेलकुदमा ७ प्रदेश, ३ विभागीय र एक ‘एनआरएनए’ गरि ११ टिमको सहभागिता रहेको छ ।
यसैबीच आठौँ खेलकुदको उद्घाटन वैशाख पाँच गते शुरु हुनेछ । यो प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । आगामी पाँच गते नेपालगञ्ज रंगशालामा पुग्ने गरि यहि शुक्रवारदेखि ओलम्पिक टर्च पुु-याइने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा ओलम्पियनहरुले यसअघि सातौँ राष्ट्रिय खेलकूदको उद्घाटनस्थलबाट लिएर टर्च नेपालगञ्ज पु-याउने छन् ।
ओलम्पिक टर्च जितबहादुर केसी, हरिबहादुर रोकाया, सुरेन्द्र हमाल, पुष्पराज ओझा, डम्बर कुवर, दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, संगिना बैद्य, विमला रानामगर, पार्वती थापा, मेनुका रावत, अनिता श्रेष्ठ र कमलबहादुर अधिकारीले बोक्ने छन् ।
शुक्रवार विराटनगरबाट शुरु हुने टर्च -याली ५ गते विभिन्न प्रदेशको भ्रमण गरि नेपालगञ्ज पु-याइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया