कृषि विकास बैंकको सञ्चालक समितीको सदस्यमा आचार्य नियुक्त

लोकपथ
546
Shares

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयानुसार कृषि बिकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा आचार्य मनोनयन भएका हुन् ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का सञ्चालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका हुन ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रिता सुवेदी कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?