नेपालको सान्त्वना जीत, इन्डोनेशिया स्तब्ध

काठमाडौं । ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । 

मंगलवार भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्धन्दी इन्डोनेशियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्डोनेशियाविरुद्धको खेलमा जीत निकाले पनि नेपालले तेस्रो चरणको यात्रा भने तय गर्न सकेन् ।

नेपालको लागि साबित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गरेकी थिइन् । उनले खेलको ३६ औँ र ८९ औँ मिनेटमा गोल गरेकी थिइन् । यता इन्डोनेशियाका लागि बाइक एमितुन शालिहाहले एक मात्र गोल फर्काएकी थिइन् ।   

जारी प्रतियोगितामा तीन खेलबाट ३ अंक जोड्दै नेपालले ओलम्पिक छनोटमा सुखद अन्त्य गरेको छ । 

यो प्रतियोगिताको पहिलो र दोस्रो खेलमा भने नेपालले हार बेहोरेको थियो । समूहको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग  ३-१ गोल अन्तरले तथा दोस्रो खेलमा चिरपरिचित प्रतिद्धन्दी भारतसँग ३-१ गोल नै पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?