काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फूटबलमा वीरगञ्ज प्ले अफ दौडबाट बाहिरिएको छ ।
शनिवार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरको हारसँगै प्ले अफ दौडबाट बाहिरिएको हो ।
खेलको अतिरिक्त समयमा चन्दन दासले गरेको एकमात्र गोल नै वीरगञ्जलाई पराजित गर्न पर्याप्त बनेको हो । वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । वीरगञ्जको हारले ललितपुरले प्ले अफ स्थान लगभग स्थान पक्का भएको छ ।
वीरगञ्ज ८ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ । बुटवलले जित निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर लिग टुङ्गयाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया