काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस आठ गते आईतबार १७ अर्ब ११ करोड ३५ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैकका अनुसार सो दिन अपरान्ह दुई बजेसम्म बोलकबोलवको माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाई छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० माघ नौं गते, २०८० चैत्र १३ गते र २०८१ पुस नौं गते तोकिएका छन् । यि ट्रेजरीहरु बिलहरु सबै पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार गत साता अर्थात यही पुस दुई गते पनि १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया