एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत टोट्नह्याम विजयी भएको छ ।
मंगलवार राति सम्पन्न भएको खेलमा क्वाटरफाइनलको पहिले लेगको खेलमा टोट्नह्यामले म्यान्चेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
टोट्नह्यामका लागि खेलको ७८ औँ मिनेटमा सन ह्युङ मिनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित समयसम्म सिटीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० गोल अन्तरको हार बेहोर्यो ।
अब क्वाटरफाइनलको दोस्रो लेगको खेल म्यान्चेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा लिभरपुलले एफसी पोर्टोलाई २-० गोल अन्तरले पराजित ग-र्यो । लिभरपुलको जीतमा खेलको पाँचौ मिनेटमा नबी केइटा र खेलको २६ औँ मिनेटमा रोबेर्टो फिर्मिनोले समान एक-एक गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया