‘आइपीएल’ क्रिकेट : चेन्नई शीर्ष स्थानमा उक्लियो, कोलकत्ता पराजित

एजेन्सी । चेन्नई सुपर किङ्स जारी इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । 

एम चिदामबराम क्रिकेट स्टेडियममा मंगलवार राति सम्पन्न भएको खेलमा चेन्नईले  कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चेन्नईले निर्धारित लक्ष्य १७ दशमलब २ ओभरमा मात्र ३ विकेट गुमाउँदै पुरा ग-र्यो ।

चेन्नईका लागि फाप डु प्लेसिसले नटआउट ४३ रन, अम्बाती रायाडुले २१ रन तथा सेन वाट्सनले १७ रन जोडे त्यस्तै सुरेश रैनाले १४ रन तथा केदार जादबले अविजित ८ रन बनाए । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनको योगफल तयार पारेको थियो ।  कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै कप्तान दिनेस कार्तिकले १९ रन तथा रोबिन उथप्पाले ११ रन बनाए । चेन्नईका दिपक चाहरले ३ तथा हरबजन सिंह र इमरान ताहिरले समान २-२ विकेट हात पारे ।

जारी लिगमा पाँचौ जीत निकालेको चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?