डिप्रेशनबाट उठ्दै स्वर्ण पदक जित्ने बक्सिङ ‘क्विन’ (तस्वीरसहित)

एजेन्सी । हुआंग वेन्सी, महिला बक्सिङ खेलाडी । पछिल्लो समय उनको चर्चा विश्वमा नै चलेको छ ।

उनलाई चीनमा डिप्रेशनबाट लड्दै रिङमा स्वर्ण पदक जित्ने ‘क्विन’को रुपमा चिन्छन् । त्यति मात्रै हैन् चीनमा उनी सबैभन्दा कम उमेरमा सफलता हासिल गर्ने खेलाडीको रुपमा परिचित छिन् । 
चीनको परम्परागत समाजमा महिलाले बक्सिङमा स्वर्ण पदक जित्नुलाई निक्कै ठूलो उपलब्धी मानिन्छन् ।

२९ वर्षिया हआंगले महिला घरमा कसैको श्रीमती वा आमा मात्र नहुने बताइन् । 

सन् २००२ बाट बक्सिङ खेल खेल्न शुरु गरेकी हुआंक चीनको दक्षिणी प्रान्त गुआंगडोङगका स्थायी बासिन्दा हुन् । प्रान्तिय टिम हुँदै खेल खेलेकी उनी तीन वर्षसम्म खेल क्षेत्रबाट टाढा रहिन् । सन् २०११ मा चोटका कारण हुआंगको खेल जीवन नै संकटमा परेको थियो ।

त्यतै सन् २०१५ मा उनले विवाह गरिन् । लगतै उनले छोरालाई जन्म समेत दिइन् । त्यसपछि उनी एकाएक डिप्रेशनकी शिकार भइन् । जीवनसँग संघर्ष गर्दै उनले पुनः बक्सिङमा पुनरागमन गर्ने घोषणा गरिन् । त्यसपछि उनले निक्कै कडा मेहेनत गर्न थालिन् ।

सन् २०१८ मा हुआंगले एशिया महिला कान्टिनेन्टल सुपर फ्लाईवेट बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भइन् । लगतै उनी अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न कडा अभ्यास गरिरहेकी छिन् । 

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?