काठमाडौं । जिल्ला भलिबल संघ काठमाडौंको साधारण सभा २०८० सम्पन्न भएको छ । अध्यक्ष शुदर्सन जमकटेलको अध्यक्षतामा कालीमाटीमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संघका पदाधिकारीहरुले संघको विकाशका लागि आफूले गरेको योगदान र निकट भविष्यमा आफूहरु कसरी अगाडी बढ्ने भन्ने विषयमा प्रकाश पारेका थिए ।
काठमाडौंको जिल्ला भलिबल संघको साधारण सभाका प्रमुख अतिथीका रुपमा नेपाल भलीबल संघका प्रतिनिधि एवम सचिव तथा न्यू डायमण्ड क्लब का अध्यक्ष सुनकेशरी मालीको सहभागिता रहेको थियो ।
त्यस्तै, कार्यक्रममा वर्तमान १३ सदस्यीय पुर्ण कमिटी गठनमा उपत्यकाका १३ पलिकहरुबाट प्रतिनिधित्व गर्दै बनेको कार्यसमितिको अध्यक्ष शुदर्सन जमकटेलले मुक्तकण्ठले प्रशंसा गरेका थिए।
बैठकमा सचिब प्रदीप श्रेष्ठले हालसम्मको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयन्ती जोशीले हालसम्मको आर्थिक प्रतिवेदन पेश गरी छलफल र अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै अगामी रणनिती र क्रार्यक्रमको लागि वार्षिक क्यालेन्डर अनुसार संघ अगाडि बढ्ने जानकारी दिए ।
संघका संस्थापक वरिष्ठ उपाध्यक्ष रामप्रसाद भटराईले संघले बाहिरी र देखावटी रूपमा भन्दा आन्तरिक तथा फरक ढंगले प्रस्तुत गरेको जिकिर गरेका छन् । त्यसैगरी संघका सहसचिव विवेक घिमिरेले आफूहरुलाई तोकिएको जिम्मेवारी पुरा गर्न आफूहरु हरपल तयार रहेको र यस साधारण सभाबाट पनि आफूलाई कामगर्न थप उर्जा पुगेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया