एजेन्सी । जारी इन्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जीत हात पारेको छ ।
वान्खडे क्रिकेट स्टेडियममा बुधवार राति सम्पन्न भएको खेलमा घरेलु टोली मुम्बईले किङ्स इलाभेन पञ्जाव ३ विकेटले पराजित गरेको हो ।
१ सय ९८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मुम्बईले ओभरमा मात्र ७ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । मुम्बईको जीतमा कप्तान केइरन पोलार्डले अर्धशतकीय पारी खेले । उनले १० छक्का र ३ चौकाको मदतमा ८३ रन बनाएका थिए ।
त्यस्तै क्विनटन डी ककले २४ रन, सुर्य कुमार यादवले २१ रन, हार्दिक पाण्डयाले १९ रन तथा सिद्देश लाड र अल्जारी जोसेफले समान १५-१५ रन जोडे । यता पञ्जावका लागि मोहमद शामीले ३ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो । पञ्जावका लागि लोकेश राहुलले अविजित शतकीय पारी खेलेका थिए ।
त्यस्तै क्रिस गेलले ६३ रन बनाए । उता मुम्बईका हार्दिक पाण्डयाले २ विकेट लिए । यो जितपछि मुम्बईले ६ खेलबाट ८ अंक जाड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया