काठमाडौं । गण्डकी प्रदेशका अमृत थापा मगर र प्रदेश ३ का राजेन्द्र शाक्य जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ११ औँ स्क्वासको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास एकेडेमिमा आज ‘बिहीवार’ भएको खेलमा अमृतले उमिद शाक्यलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । अमृतले शाक्यलाई ११–५ , ११–२ र ११–८ को सेटमा हराए ।
पुरुष सिंगल्समै राजेन्द्र शाक्यले प्रदेश ३ कै अमिर ब्लोनलाई ३—१ को सेटमा हराएर अन्तिम चारको यात्रा तय गरे । राजेन्द्रले अमिरलाई ३–११,११–२,११–३ र ११–६ को सेटमा पराजित गरे । यता प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले एपीएफका बिक्रम मगरलाई ११–९,११–२ र ११–२ को सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरे ।
प्रदेश २ का दीपक थापाले प्रदेश १ का निशान्त अग्रवाललाई ११–३,११–५,५–११ र ११–६ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया