आठौँ राष्ट्रिय खेलकुद : हक्कीमा पुलिस क्लबका रोमनले गरे पाँच गोल

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत १८ औँ राष्ट्रिय हक्कीको पुरुषमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

पहिलोपटक हक्कीमा सहभागिता जनाएको पुलिस क्लबले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित गरेको हो । पुलिस क्लबका लागि पाँचै गोल रोमन राणाको नाममा रह्यो । रोमन प्रहरीमा आवद्ध हुनुअघि गण्डकीबाटै खेल्थे ।

गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुल्ला हक्कीमा नेपाल आर्मीलाई हराउँदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य सदस्य थिए ।

अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश ७ ले सफलता पाए । आर्मीले प्रदेश २ लाई १–० गोलले हराउँदै लगातार दोश्रो जित हात पा-र्यो । राम शाहले निर्णायक गोल गरे । प्रदेश ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पा-यो ।

जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?