काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ४० औँ राष्ट्रिय टेबल टेनिसको दोश्रो दिन पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ ।
पुलिसले महिला टिम इभेन्ट र डबल्स तथा पुरुष टिम इभेन्टमा स्वर्ण पदक हात पा-र्यो । यता शसस्त्र प्रहरीको एपीएफले १ स्वर्ण पदक जित्यो ।
टिम इभेन्टमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग-र्यो । पुलिसकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् ।
दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले पुलिसकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेश्रो भए ।
दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा पुलिसका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेश्रो बने ।
पुरुष डबल्स फाइनलमा पुलिसका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र विनेश खनियाँको जोडीले एफीएफका मणिकुमार लामा र विलोश श्रेष्ठको जोडीलाई १०–१२, ११–५, ११–४ र ११–६ सेटमा पाखा लगाए ।
प्रदेश ३ का संयोग कपाली र एलेक्स महर्जन तथा एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे तेश्रो भए ।
पुरुष टिम इभेन्टमा एपीएफले बाजी मा-र्यो । फाइनलमा एपीएफले आर्मीको चुनौती ३–० ले समाप्त पा-र्यो । शिवसुन्दर गोथेले बोधित डिसीलाई ३–०, पुरुषोत्तम वज्राचार्यले कृष्ण थापा मगरलाई ३–२ र मणिकुमार लामाले प्रज्ज्वल श्रेष्ठलाई ३–१ ले पाखा लगाए । प्रहरी र प्रदेश ३ तेश्रो बने । आज ‘शुक्रवार’देखि पुरुष/महिला सिंगल्स स्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया