आजको मौसम पुर्वानुमान : पहाडी भू-भागमा आंशिक बदली रहने

लोकपथ
91
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राती देशका केही भूभागमा मौसम बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
महाशाखाले दिउँसोको समयमा घाम लागे पनि बिहान र बेलुकाको समयमा जाडो बढ्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?