काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।
म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एभर्टनको यो हारपछि १९ खेलमा १६ अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया