यू-१९ एकदिवसीय विश्वकप क्रिकेट छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा आज ‘शुक्रवार’ नेपालले सिंगापुरको सामना गर्दैछ । 

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपाल र सिंगापुरबीचको खेल बिहान पौने आठ बजेदेखि शुरु हुँदैछ । नेपाल सिंगापुरलाई पराजित गर्दै छनोटमा शुखद नतिजा निकाल्ने दाउमा रहेको छ । 

आठौँ पटक विश्वकप खेल्ने लक्ष्यसहित नेपाली टिम आज मैदानमा उत्रदैछ । यू-१९ क्रिकेटको इतिहासमा नेपालले सिंगापुरलाई पराजित गर्दै आइरहेको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।

छनोटमा नेपालसहित ८ टोली सहभागी छन् । छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?