अस्ट्रेलियालाई पाकिस्तानविरुद्ध २४१ को अग्रता

लोकपथ
35
Shares

काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएको हो । पहिलो पारिमा ३१८ रन बनाएको थियो ।

पाकिस्तानलाई पहिलो पारिमा २६४ रनमा रोक्दा ५४ रनको अग्रता लिएको थियो । दोस्रो पारिमा १८७ रन बनाउँदा २६४ रनको अग्रता बनाउँदै पाकिस्तानलाई बलियो लक्ष्य दिने पक्का छ । अब २ दिनको खेल बाँकी छ ।

यस्तै, अस्ट्रेलियाको दोस्रो पारिमा मिचेल मार्स शतक बनाउन असफल रहे । उनी ९६ रनमा आउट भएका थिए । यसैगरी स्टेभन स्मिथ ५० रन बनाएर आउट हुँदा अहिले एलेक्स केरी १६ रन बनाएर क्रिजमा छन् । अस्ट्रेलियाका उस्मान ख्वाजा र मार्नस लाभुसेनले खाता खोल्न सकेनन् भने डेभिड वार्नर ६ तथा मार्नस लाभुसेन ४ रन बनाएका थिए ।

पाकिस्तानका शेहन साह अफ्रिदी र मिर हम्जाले तीन तीन विकेट लिएका छन् । चौथो दिनको खेल शुक्रबार विहान सससवा ५ बजे सुरु हुने छ । तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १–० ले अगाडि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?