अस्ताए चलचित्र र राजनीतिलाई बखुबि निभाएका विजयकान्त

लोकपथ
63
Shares

काठमाडौं । तामिलनाडुका अभिनेता विजयकान्त अर्थात् नारायणन विजयराज अलगारस्वामीको निधन भएको छ ।

तमिलनाडुमा अभिनेताबाट राजनीति क्षेत्रमा लागेर राजनेता बनेका ‘डीएमडीके’ का प्रमुख विजयकान्तको कोरोना संक्रमणका कारण निधन भएको हो ।

पछिल्ला केही दिन यता कोरोना संक्रमित भएपछि चेन्नाईको मियोट अस्पतालमा भर्ना भएका उनको आज बिहिबार निधन भएको हो । उनी एक सफल अभिनेता देखि सफल राजनीतिज्ञ हुन् । आज हामी उनै साउथका दिग्गज कलाकार विजयकान्तको अभिनय देखि राजनीतिज्ञ बने सम्मको यात्राको बारेमा चर्चा गर्नेछौँ ।

साउथ फिल्म इन्डस्ट्रिमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि विजयकान्तको नाम उत्तिकै चर्चित रहेको छ । अभिनेता र राजनीतिज्ञ रहेका विजयकान्तक तामिल चलचित्र क्षेत्रमा सन् १९८० देखि १९९० दशक सम्मका चर्चित अभिनेता थिए । उनी २०११ देखि २०१६ सम्म तामिनाडु विधानसभाका प्रतिपक्षि नेता रहेका थिए ।

राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले उनी एक सफल अभिनेता, निर्माता र निर्देशक थिए । उनी तामिनाडुको वर्तमान विधानसभाका डिएमडिकेका अध्यक्ष पनि थिए ।

उनले आफ्नो चलचित्र क्षेत्रको सुरुवात सन् १९७९ मा गरेका थिए । सन् १९९१ मा ‘कैप्टन प्रभाकरण ’ भन्ने चलचित्र आएको थियो । त्यो फिल्मपछि उनका फ्यानहरुले उनलाई कप्याटेनको उपाधि समेत दिएका थिए । यसपछि उनका फ्यानहरु धेरै नै बढेका थिए । उनले आफ्नो फिल्मी करीयरमा १५० भन्दा बढि चलचित्रहरुमा काम गरेका छन् ।

विजयकान्तले २००५ मा आफ्नो पार्टी देसी मुरपोक्कु द्रविड मुनेत्र कडगम गठन गरेका थिए । विजयकान्तको पार्टीले २०११ मा तमिलनाडुमा जयललितासँग गठबन्धनमा २९ सिट जितेको थियो र राज्यको दोस्रो ठूलो पार्टी बन्यो ।

अभिनेता देखि राजनीतिज्ञ सम्म बनेका विजयकान्तले आफ्नो जिवनकालमा दुवै भुमिका बखुबि निभाएका थिए । आज उनै अभिनेतालाई सामाजिक सञ्जाल मार्फत श्रद्धान्जली दिनेहरुको ताँती लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?