काठमाडौं । अभिनेता सेफ अली खानले करण जोहरको सो कफि विथ करणमा अमृता सिंहसँगको आफ्नो पहिलो विवाह र सम्बन्धविच्छेदको बारेमा खुलासा गरेका छन् ।
सेफ र अमृताको विवाहलाई लिएर उनकी आमा शर्मिला टैगोरको प्रतिक्रिया कस्तो रहेको थियो, त्यसको बारेमा पनि उनले बताएका छन् ।
कफि विथ करणको ८औँ सिजनको १०औँ एपिसोडमा शर्मिला टैगोर र सैफ अली खान गेस्टको रुपमा उपस्थित भएका थिए । आमा छोरा बिचको कुराकानिमा उनीहरुले आफ्नो निजी जिन्दगीका बारेमा पनि खुलासा गरेका छन् । कुराकानिको क्रममामा उनीहरुले मजाक गर्दै केहि मन छुने पलहरुलाई पनि सम्झिएका छन् । यहि पलहरुलाई सम्झने क्रममा सैफ र अमृताको विवाहको खबर थाहा पाए पछि आमा शर्मिलाको प्रतिक्रिया कस्तो रहेको थियो भन्ने बारे पनि खुलासा गरेका हुन् ।
सैफ र अमृताको विवाहलाई लिएर शर्मिलाले भनेकि छिन्, ‘ एक दिन केहि कामको लागि म मुंबई जान लागेकि थिए । त्यहि बेलामा सैफ मेरो छेउमा आएर भन्यो, मलाई तपाईसँग केहि कुरा गर्नु छ । यो कुरा सुनेर म एकदम शान्त भए र मैले भने हामी यसको बारेमा पछि कुरा गरौँला । त्यस पछि चुप लागेर बसिरहेका सैफले बुबालाई फोन गरे, यो कुरा सुनेर उनको बुवा पनि चुप लागे । फेरि हामीले यो कुरालाई त्यहिँ छोड्दियौँ । भोलि पल्ट मैले अमृतालाई भेट्न बोलाए । हामीले सँगै बेसेर चिया पियौँ । अमृता मलाई मनपरेकी थिइन् तर पनि यो कुरामा चिन्तित थिए ।’
विवाहको बारेमा कुरा गर्दै सैफले भने ‘विवाहको कुरा सुनेर उनकी आमाको आँखामा आसु आएको थियो र उनले भनिन् ‘तिमीले मलाई चोट दिएका छौँ ।’ उनले थपे ‘यति सानो उमेरमा मैले अचानक विवाह गर्ने निर्णय लिएर आमासँग सिधै कुरा गरे, यो कुरा घरबाट भाग्ने कुरा गरेको जस्तै थियो । त्यतिबेला मेरो दिमागमा धेरै कुरा चलिरहेको थियो । विवाह गर्ने सबै भन्दा राम्रो बाटो जस्तो लाग्यो ।’
सैफ त्यति बेला जम्मा २० वर्षको मात्र थिए । सानै उमेरमा विवाह गर्दा जिवनको धेरै परिस्थिति बद्लिएको सैफले स्वीकार गरेका छन् । उनले अमृतासँग अलग भएपछि पनि सारा र इब्राहिमलाई सह–अभिवावकको रुपमा सम्मानजनक सम्बन्ध बाँडिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया