काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ट्राफिक चिन्ह सहितको पोल हस्तान्तरण गरेको छ ।
नेपालमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना बढ्दै गएकाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापा विर्तामोड भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने संकेतिक एवं सन्देश मूलक बोर्ड साथै ८ थान ट्राफिक पोलहरु हस्तान्तरण गरेको हो ।
उक्त ट्राफिक पोलहरु हस्तान्तरण एवं जडान सम्बन्धी आयोजित कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण गरे । सो अवसरमा प्रहरी निरीक्षक न्यौपानले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताए ।
उक्त कार्यक्रममा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापा विर्तामोडलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै, एक्सेल डेभलपमेन्ट बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया